धनगढी पुगेर मन्त्री विश्वकर्माले भनेः ‘आन्दोलन गरेकै आधारमा अस्थायी राजधानी परिवर्तन हुँदैन’ - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

धनगढी पुगेर मन्त्री विश्वकर्माले भनेः ‘आन्दोलन गरेकै आधारमा अस्थायी राजधानी परिवर्तन हुँदैन’



कैलाली  । वाणिज्य तथा आपूर्तिमन्त्री मिन विश्वकर्माले आन्दोलन गरेकै आधारमा अस्थायी राजधानी परिवर्तन नहुने बताएका छन् ।

धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री विश्वकर्माले अस्थायी राजधानी तोकेपछि विभिन्न ठाउमा आन्दोलन भईरहेकाले आन्दोलन फिर्ता लिन समेत आग्रह गरे ।

सरकारले हाल प्रदेश सभा सञ्चालनका लागि अस्थायी राजधानी मात्रै तोकेकोले औचित्यहिन र टुङगोमा पुग्न नसकिने आन्दोलन फिर्ता लिन विश्वकर्माले आन्दालेनकारीलाई आग्रह गरेका हुन् ।

वाणिज्य आपूर्तिमन्त्री विश्वकर्माले काग्रेसले अवको पाच वर्ष सशक्त रुपमा प्रतिपक्षको भूमिका निर्वाह गर्ने समेत बताए । काग्रेसलाई जनताले प्रतिपक्षमा बस्ने जनादेश दिएको बताउदै उनले काग्रेसले देशको विकास र सम्बृदिका लागि सशक्त र रचनात्मक ढङगले प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए ।

उनले धनगढीको गौरीफन्टा नाका तथा कञ्चनपुरको महाकाली नाका सञ्चालनमा ल्याउने सके सात नम्बर प्रदेश आर्थिक सम्बृदिको बाटोमा अघि बढने बताए । ति नाकाहरु स्तरोन्नती गर्दै सञ्चालनमा ल्याउनका लागि सरकार र आफू लगि परेको समेत विश्वकर्माले जानकारी दिए । सुदुरखबर बाट साभार