अपडेट : धनगढी बिस्फोट- पेस्तोल र झोला भेटियो - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

अपडेट : धनगढी बिस्फोट- पेस्तोल र झोला भेटियो



धनगढी- धनगढीमा शक्तिशाली बिस्फोट हुँदा ५ जना गम्भीर घाइते भएका छन् । धनगढीस्थित एक होटलमा विस्फोट भएको बताइएको छ ।

बिहिबार साँझ करिब ७ : २०मा भएको बिस्फोट सहिद चोकको होटल निलमका संचालकसहित अन्य ४ जना गम्भीर घाइते भएका हुन्।

उनीहरुको धनगढीकै माया मेट्रो अस्पतालमा उपचार सुरु भएको छ।

घाइते हुनेहरुमा बझाङ घर भएका रामबहादुर सिंह, धनगढी घर भएका उकेश सिंह, कञ्चनपुरको बेलडांडीका लक्ष्मण सेरेला, धनगढीकै जितेन्द्र यादव र ठेगाना नखुलेका मोबिन खान रहेका छन् । घाइतेमध्ये रामबहादुर सिंहको शरीरको अधिकांश भाग जलेको छ ।

होटेलमा अचानक विस्फोट भएपछि सुरुमा ग्यास सिलिण्डर विस्फोट भएको अनुमान गरिए पनि सिलिण्डर विस्फोट भएको नपाइएको प्रहरीले बताएको छ ।

घटनास्थलमा एउटा पेस्तोल पनि भेटिएको प्रहरीले जनाएको छ भने होटेलमा एउटा शंकास्पद झोला पनि भेटिएको छ । झोलामा विस्फोटक पदार्थ रहेको र सो पदार्थ विस्फोट भएको हुन सक्ने अनुमान गरिएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानेको छ । फाइल तस्बिर