भारतीय ट्रकको ठक्करले स्कुटर चालकको मृत्यु - धनगढी तनावग्रस्त - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

भारतीय ट्रकको ठक्करले स्कुटर चालकको मृत्यु – धनगढी तनावग्रस्त



धनगढी– मोहनापुल–अत्तरिया सडक खण्डमा पर्ने धनगढीको राजपुरमा भारतीय नम्वरको ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ।

युपी ३१ टि ४८१७ नम्वरको ट्रकले से ६ प ३२१७ नम्वरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक धनगढी उप–महानगरपालिका वडा नम्बर ३ का २६ बर्षिय टेकवहादुर बलायरको घटनास्थलमै मुत्यु भएको प्रहरीले जनाएको छ।

स्कुटर चालकको मृत्यु भएपछि ठक्कर दिने ट्रक तोडफोड र आगजनी गरिएको छ। आक्रोसित स्थानीयले सडक अवरुद्धको प्रयास गरेका छन्।

आक्रोशित स्थानीय सडकमा उत्रिएपछि नियन्त्रण गर्न प्रहरीले तीन राउण्ड अश्रुग्याँस प्रहार गरेको छ। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतकाे नेतृत्वमा प्रहरी परिचालन गरिएको छ।

फाइल तस्बिर