धनगढीका एक वडाध्यक्ष पक्राउ - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

धनगढीका एक वडाध्यक्ष पक्राउ



काठमाडौं- कैलालीको धनगढी उप-महानगरपालिकाका वडा नम्बर १२ का वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ ।

चेक अनादर मुद्दामा वडाध्यक्ष शेरबहादुर महरालाई प्रहरीले पक्राउ गरी जिल्ला अदालत कैलालीमा पेस गरेको हो ।

चेक अनादर मुद्दामा वडाध्यक्ष महरालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी बेदप्रकाश जोशीले जानकारी दिए ।

वडाध्यक्ष महरालाई अदालतमा उपस्थित गराउन पत्र आएको र सोही पत्रका आधारमा प्रहरीले नियन्त्रणमा लिएको उनले बताए ।
कृष्णकुमार रानाले वडाध्यक्ष महराविरुद्ध मुद्दा दायर गरेका थिए ।