धनगढीमा कार्की माथी गोलि प्रहार गर्ने दुई पक्राउ - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

धनगढीमा कार्की माथी गोलि प्रहार गर्ने दुई पक्राउ



कैलाली । कैलालीको धनगढी उपहानगरपालिका–१ मेनरोडमा गोली हानेर ९ लाख रुपैयाँ लुट्ने लुटेरालाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार बिहान करिब १०:२१ बजेतिर आईएमई सेन्टरका कर्मचारी निर्मल कार्कीमाथि गोली प्रहार गरी नौ लाख रकम लुटेर भागेका दुवै जनालाई प्रहरीले अत्तरीयाबाट पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कैलाली ल्याईरहेको कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । उनले लुटपाटमा संग्लनको पिछा गर्दै जाँदा अत्तरियामा समातेको बताए ।

गोली प्रहारबाट घाइते भएका कार्कीको अहिले सेती अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।