धनगढीमा गोलि प्रहार गरेको आशंकामा पक्राउ परेका दुई रिहा - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

धनगढीमा गोलि प्रहार गरेको आशंकामा पक्राउ परेका दुई रिहा



कैलाली । कैलालीको धनगढी उपहानगरपालिका–१ मेनरोडमा आइतबार गोली हानेर ९ लाख रुपैयाँ लुटपाट गरेको आशंकामा पक्राउ परेका दुई जनालाई प्रहरीले रिहा गरेको  छ ।

आइतबार बिहान करिब १०:२१ बजेतिर आईएमई सेन्टरका कर्मचारी निर्मल कार्कीमाथि गोली प्रहार गरी नौ लाख रकम लुटेर भागेको आशंकामा दुवै जनालाई प्रहरीले अत्तरीयाबाट पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालयले चाहेको अवस्थामा हाजिर हुने गरी आइतबार राति छोडेको हो ।

उनीहरुबाट बरामद गरेको रकम लुटिएको हो होइन भन्ने बारे अझै पुष्टि हुन नसकोले छोड़एको तर अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

यता गोलि प्रहारबाट घाइते भएका निर्मल कार्कीको
सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । कार्कीको पाखुराबाट दुई वटा गोली निकालिएको र अहिले खतरामुक्त रहेका छन् ।