धनगढी विस्फोटमा परेका घाइतेको मृत्यु - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

धनगढी विस्फोटमा परेका घाइतेको मृत्यु



कैलाली – कैलालीको धनगढीमा भएको बम विस्फोटमा परि गम्भीर घाइतेको मृत्यु भएको छ । अस्पतालमा उपचारको क्रममा बझाङका राम सिंहको ज्यान गएको हो ।

धनगढीको शहीद गेट नजिकै रहेको निलम होटलमा बिहीबार साँझ बम विस्फोट हुँदा गम्भीर घाइते भएका राम सिंहको उपचारका क्रममा माया मेट्रो अस्पतालमा ज्यान गएको वडा प्रहरी कार्यालय धनगढीका प्रहरी निरीक्षक पुष्कर पन्तले उज्यालोलाई बताउनुभयो ।

बम विस्फोटमा परि घाइते भएका होटेलका सञ्चालक केशवराज पाण्डेय, कञ्चनपुर बेल्डाँडीका लक्ष्मण सेरेला, धनगढीका जितेन्द्र यादव र ठेगाना नखुलेका मोबिन खानको उपचार भैरहेको छ ।