धनगढीमा शक्तिशाली विस्फोट : यस्तो छ अवस्था - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

धनगढीमा शक्तिशाली विस्फोट : यस्तो छ अवस्था



धनगढी- धनगढीमा शक्तिशाली बिस्फोट हुँदा ५ जना गम्भीर घाइते भएका छन् । धनगढीस्थित एक होटलमा विस्फोट भएको बताइएको छ ।

बिहिबार साँझ करिब ७ : २०मा भएको बिस्फोट सहिद चोकको होटल निलमका संचालकसहित अन्य ४ जना गम्भीर घाइते भएका हुन्।

उनीहरुको धनगढीकै माया मेट्रो अस्पतालमा उपचार सुरु भएको छ।

प्रहरीले सिलिन्डर वा बम के विस्फोट भयो भनेर निर्क्योल गरिनसकेको बताइएको छ।

एकाएक विष्फोट भएपछि त्यसवरपरको वातावरण त्रासदीपूर्ण छ। प्रहरीले भने घटनाको अनुसन्धान भइरहेको जनाएको छ।