एक महिनाको लागि धनगढी विमानस्थल बन्द - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

एक महिनाको लागि धनगढी विमानस्थल बन्द



धनगढी,कैलाली । एक महिनाका लागि धनगढी विमानस्थल बन्द हुने भएको छ । जिर्ण बन्दै गएको धावन मार्गको स्तरोन्नतीका लागि एक महिना उडान बन्द गर्ने भएको हो ।

विमानस्थलमा बिहीबार बसेको बैठकले आगामी वैशाख २२ गते देखि जेठ २१ गतेसम्म विमानस्थल बन्द गर्ने निर्णय गरेको धनगढी विमानस्थलका प्रमुख तेज बहादुर बुढ्थापाले जानकारी दिए ।

धनगढी विमानस्थलमा धावनमार्ग र पार्कीङ क्षेत्र विस्तारको लागी करिब २२ करोडको लगानीमा लुम्वीनी, कोषी एण्ड न्यौपाने, खड्का, कोईराला जेभी काठमाडौँ लाई ठेक्का दिइएको छ ।