एक महिनादेखी बन्द धनगढी विमानस्थल बुधबारदेखी सुचारु - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

एक महिनादेखी बन्द धनगढी विमानस्थल बुधबारदेखी सुचारु



कैलाली । एक महिना अघिदेखी बन्द रहेको धनगढी विमानस्थल भोलीदेखी सुचारु हुने भएको छ । धनगढी विमानस्थलको धावन मार्ग र पार्किङ क्षेत्र विस्तारका लागि वैशाख २२ गतेबाट हवाई उडान बन्द गरेर काम भइरहेको छ ।

धावनमार्ग स्तरबृद्धिको कार्य अन्तिम चरणमा पुगेकाले बुधबारदेखि विमानस्थलमा नियमित उडान सुरु गर्ने तयारी भइरहेको विमानस्थल प्रमुख तेजवहादुर बुढथापाले जानकारी दिए ।

धावनमार्ग जीर्ण रहेको क्षेत्रमा ८ सय ५० मिटर लम्बाई र साढे ४ फिट गहिराइको खाडल पुरिसकेपछि कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको छ । बुधवारबाट विमानस्थल सुचारु हुने भएकाले एयरलाईन्स कम्पनीहरुले आ–आफ्नो समय तालिका अनुसार उडान भर्ने विमानस्थल प्रमुख बुढथापाले जानकारी दिए ।