धनगढीमा बैशाख २१ गते ‘विन्दास मिडिया अवार्ड’ - Himal Post Himal Post
  • ५ कार्तिक २०८१, सोमबार
  •      Mon Oct 21 2024
Logo

धनगढीमा बैशाख २१ गते ‘विन्दास मिडिया अवार्ड’



धनगढी ,कैैैलाली । कैलालीको धनगढीमा थारु भाषा, कला, साहित्यको संरक्षण तथा प्रबर्द्धन गर्ने उदेश्यले  ‘विन्दास मिडिया अवार्ड २०७५ ‘हुने भएको छ । घोडाघोडी मिडिया ग्रुप (विन्दास मिडिया) को आयोजनामा बैशाख २१ गते अवार्ड वितरण कार्यक्रम हुने भएको हो ।

अवार्डको लागि थारु कला, संस्कृति, फिल्म, भाषा क्षेत्रमा योगदान पुर्‍याएका तथा क्रियाशिल रहेकाहरुलाई अवार्डको लागि निशुल्क आवेदनको लागि आहृवान गरिएको छ । एसएमएस भोटिङ प्रक्रियामार्फत प्रतियोगीहरुलाई छनौट गरी पुरस्कृत गरिने घोडाघोडी मिडिया ग्रुपका संयोजक हरेन्द्र चौधरीले जनाए ।
उनको अनुसार सर्वोत्कृष्ट आधुनिक गायन (पुरुष÷महिला), लोक गीत गायन (महिला÷पुरुष), पप गायन (महिला÷पुरुष), फिल्म स्क्रिप्ट लेखन, गीत लेखन, फिल्म निर्देशन, म्युजिक भिडियो निर्देशन विधामा पुरुस्कृत गरिने भएको छ ।

साथै, सर्वोत्कृष्ट द्वन्द्व निर्देशन, संगितकार, छायाकार, सम्पादन, नवप्रतिभा, एल्बम, गीत, मोडल, म्युजिक कम्पनी, कला पत्रकारितालगायत ३५ विधामा अवार्ड वितरण गरिने संयोजक चौधरीले जानकारी दिए ।