धानमा समेत धोका: डीएनए परीक्षण हुँदै - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

धानमा समेत धोका: डीएनए परीक्षण हुँदै



काठमाडौं- गरिमाको गरिमा हो, छिटो पाक्ने र स्वादिलो हुने। यही ठानेर धान सुपरजोनका किसानले हौसिँदै पुरानो प्रजाति फेरे। ठूलो आशा गरिएको गरिमाले भने अन्त्यमा धोका दियो। यो धान पसाउँदै पसाएन।

धोका खाएपछि कृषि कार्यालय यसको डीएनए परीक्षणमा लागेको छ। यो खबर बर्दियाको गुलरियाबाट यादव आचार्यले आजको अन्नपूर्ण पोस्टमा लेखेका छन्।

उसको आशंका छ, झुक्किएर बीउ अर्कै पो प¥यो कि? काठमाडौंबाट डीएनए रिपोर्ट आएपछि वास्तविकता खुल्ने सुपरजोनका वरिष्ठ कृषि अधिकृत तपेन्द्रबहादुर शाह बताउँछन्।