नेकपा (बहुमत)का महासचिव सहितका दुई दर्जन नेताहरू पक्राउ - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

नेकपा (बहुमत)का महासचिव सहितका दुई दर्जन नेताहरू पक्राउ



गुल्मी – धर्मेन्द्र बास्तोलाले नेतृत्व गरेको नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनका केन्द्रीय महासचिव सहितका नेता तथा कार्यकर्ता प्रकाउ परेका छन्।

जिल्लाको रेसुंगा बहुमुखी क्याम्पसमा आयोजना गरेको जिल्ला सम्मेलनबाट केन्द्रीय महासचिव रुपा बुढामगरसहित झण्डै दुई दर्जन विद्यार्थी नेताहरुलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले शुक्रबार पक्राउ गरेको छ।

जिल्लाको सम्मेलनका लागि भेला भएका उनीहरुलाई क्याम्पसबाट प्रहरीले पक्राउ गरेको हो। यता जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी कार्यालयले कम उमेरका विद्यार्थीहरु सहभागी भएकाले सोधपुछका लागि ल्याइएको बताएका छन्।

अन्य विषयमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।