उपचार भन्दै धामीले त्रिशूलले घोचेको घोच्यै: १४ बर्सिया किशोरीको मृत्यु - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

उपचार भन्दै धामीले त्रिशूलले घोचेको घोच्यै: १४ बर्सिया किशोरीको मृत्यु



काठमाडौं। उपचारको नाममा बालिकालाई २१ दिनसम्म आफ्नो आश्रममा राखेर मारेको भन्दै एक धामीलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंको नागार्जुन नगरपालिका १ बाट महिला धामी उमा शाही ठकुरीलाई महानगरीय प्रहरी वृत्त स्वयम्भूले पक्राउ गरेको हो।

सिन्धुपाल्चोक घर भएका रणबहादुर श्रेष्ठकी छोरी १४ बर्सिया रोशनी श्रेष्ठको शनिबार मृत्यु भएपछि धामीलाई पक्राउ गरिएको हो। कक्षा ७ मा अध्ययनरत उनी बिरामी परेको र निको बनाउने भन्दै परिवारले नागार्जुन१ स्थित पानी ट्याङ्कीकी धामी उमा शाही ठकुरीले जिम्मा लिएको पाइएको प्रहरीले जनाएको छ।

धामीले किशोरीलाई त्रिशूलले घोचेको र त्रिशूल तताएर डामेर मारेको परिवारको आरोप छ। अहिले पक्राउ परेकी धामीले हिरासतमा पनि काप्नेदेखि अनेक जादुकला देखाउने गरेको प्रहरीले जनाएको छ।

मृतकको शव पोस्टमार्टमका लागि पठाइएको छ। मृतक रोशनीका बाबु रणबहादुर विगत ७ वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा छन् ।