ऋषि धमलालाई 'पटमूर्ख'को उपाधि प्रदान - Himal Post Himal Post
  • १४ आश्विन २०८१, सोमबार
  •      Mon Sep 30 2024
Logo

ऋषि धमलालाई ‘पटमूर्ख’को उपाधि प्रदान



जनकपुर । जनकपुर उपमहानगरपालिकाका मेयर मनोज साहलाई महामुर्ख र सञ्चारकर्मी ऋषि धमलालाई पटमूर्खको उपाधि प्रदान गरिएको छ ।

जनकपुरधामस्थित जानकी मन्दिरको प्राङ्गणमा होली उत्सवको अवसरमा आयोजित महामूर्ख सम्मेलनमा साहलाई ‘महामुर्ख’ र धमलालाई ‘पटमूर्ख’ घोषित गरिएको हो ।

आयोजकले उनीहरुलाई महामुर्ख र पटमूर्ख घोषित गर्दै त्यसको उपाधि प्रदान गरेको थियो । मिथिला नाट्यकला परिषद्ले प्रत्येक वर्ष होली पर्वको अवसरमा महामूर्ख सम्मेलन आयोजना गर्दै आएको छ ।

त्यस्तै, सम्मेलनले रत्नेश्वर लाल कर्णलाई डपौरशंख, हरि मण्डललाई वैशाख नन्दन, विभा ठाकुरलाई गंधपसारैन, अरुण लाल कर्णलाई खबसुरता, संजय झालाई लोढाशंख घोषित गरेको छ ।

यसैगरी, रेखा झालाई मनटुटिया, लालबाबु यादवलाई हराशंख, बलराम साहलाई बज्रसोटा, वीरेन्द्र रमणलाई शोटाचंद, किरण झा रश्मीलाई टुनमुसरी र डा.सोनु कुमार साहलाई बज्रकीटलाई पटमूर्खको उपाधि प्रदान गरिएको छ ।

मिथिलाको कला संस्कृतिलाई संरक्षण एवं संवर्द्धन गर्ने उद्देश्यले मिनापले प्रत्येक वर्ष होली पर्वको अवसरमा जनकपुरधाममा हास्य व्यङ्ग्य सांस्कृतिक कार्यक्रमसहित महामूर्ख सम्मेलन आयोजना गर्दै आएको छ ।