वडाध्यक्ष ढकालको पहलमा बेलौरीका कृषकलाई सौर्य पम्पसेट वितरण - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

वडाध्यक्ष ढकालको पहलमा बेलौरीका कृषकलाई सौर्य पम्पसेट वितरण



कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं.४ र ५ का ५ जना कृषकहरू लाई सौर्य सिँचाइ पम्पसेट वितरण गरिएको छ । बेलौरी नगरपालिका वडा नं ४ का वडाध्यक्ष अर्जुन ढकालको व्यक्तिगत पहलमा कृषकहरू लाई पम्पसेट उपलब्ध गराइएको हो ।

वैकल्पिक उर्जा प्रवर्धन केन्द्रले कञ्चनपुर जिल्लाका लागि १० वटा पम्पसेट उपलब्ध गराएकोमा ५ वटा पम्पसेट बेलौरीमा ल्याइएको र ति मध्ये ४ वटा वडा नं. ४ मा र एउटा वडा नं.५ मा वितरण गरिएको वडा नं.४ का वडाध्यक्ष अर्जुन ढकालले बताउनु भयो ।

सौर्य उर्जाबाट सञ्चालन हुने सिँचाइ पम्पसेट पाउने कृषकहरूमा वडा नं ४ का निम प्रसाद काफ्ले, शङ्कर जंग बिष्ट, मोतिलाल गैरे र रुद्र अधिकारी तथा वडा नंं ५ का विन्तिराम चौधरी रहेका छन् । सिँचाइको सुविधा नभएका कृषकहरूले सौर्य सिँचाइ प्रणाली बाट सञ्चालन हुने पम्पसेट पाउँदा खुसी व्यक्त गरेका छन् ।