सम्बन्धबिच्छेद लगत्तै रामकृष्ण ढकालले लेखे मन छुने स्टाटस - Himal Post Himal Post
  • ८ कार्तिक २०८१, बिहीबार
  •      Thu Oct 24 2024
Logo

सम्बन्धबिच्छेद लगत्तै रामकृष्ण ढकालले लेखे मन छुने स्टाटस



काठमाडौं- प्रसिद्ध गायक रामकृष्ण ढकाल र उनकी पत्नी निलमबीच काठमाडौँ जिल्ला अदालतमा बुधबार औपचारिक रुपमा सम्बन्ध बिच्छेद भयो।

पत्नी निलमले काठमाडौँ जिल्ला अदालतमा सम्बन्ध बिच्छेदका लागि निवेदन दिएकी थिइन्।

१७ वर्ष लामो सयात्रा त्यागेर उनीहरूले सम्बन्ध बिच्छेद गरेपश्चात सामाजिक सञ्जालमा खबर भाइरल भएको छ।

यसैबीच ढकालले भने सम्बन्ध कहिल्यै नमर्ने भन्दै सामाजिक सन्जालमा लेखेका छन्।

रामकृष्णले निलमसँगको तस्वीर राख्दै फेसबुकमा लेखेका छन्, ‘अरूले जेसुकै भनुन्, तर हाम्रो सम्बन्ध कहिल्यै मर्दैन।’

लामो समयदेखि उनीहरूबीच सम्बन्ध त्यति ठिक नरहेको बताइएको थियो ।

बुधबार सम्बन्ध बिच्छेद गरेको जिल्ला अदालत स्रोतले पुष्टि गरेको छ । ढकाल दम्पतीले मंगलवारमात्र जिल्ला अदालतमा सम्वन्ध विच्छेदका लागि मुद्दा दर्ता गराएका थिए।

न्यायाधीश विदुर कोइरालाको इजलासले सम्वन्ध विच्छेदको निर्णय सुनाएको बताइएको छ।

ढकाल दम्पतीले आपसी सहमतिमै सम्बन्ध बिच्छेद गरेको बताइएको छ ।

उनीहरुबीच लामो समययता पारिवारिक किचलो रहेको चर्चा चल्दै आएको थियो । गायक ढकाल पछिल्लो समय ऋणमा डुबेका चर्चा समेत चलेको थियो ।

पाश्र्वगायनमा स्थापित गायक मानिने रामकृष्ण पछिल्लो समय स्वदेश एवं विदेशमा स्टेज गायनमा सक्रिय छन् ।

गायनको अतिरिक्त चलचित्र आशिर्वादमा अभिनय समेत गरेका रामकृष्ण प्राय आफ्नो गीतमा आफै मोडलिङ गर्छन् ।

उनले केही भिडियोमा निलमलाई पनि मोडलिङ गराएका थिए ।

उनीहरूबीच भएको सहमति अनुसार, श्रीमतीले अंश नलिने, छोरी आमाको जिम्मामा रहने र बाबुलाई बेलाबेलामा भेटन दिने शर्त रहेको बताइएको छ ।