धादिङमा जीप दुर्घटना: २४ जना घाइते - Himal Post Himal Post
  • १९ कार्तिक २०८१, सोमबार
  •      Mon Nov 4 2024
Logo

धादिङमा जीप दुर्घटना: २४ जना घाइते



काठमाडौं- धादिङमा बिहिबार बिहान जिप दुर्घटना भएको छ । दुर्घटनामा परी २४ जना घाइते भएका छन् ।

धादिङको मलेखु भण्डारा सडक खण्डको तुनिखोलामा यात्रुवाहक जीप दुर्घटना भएको हो। बेनिघाट रोराङको ताल्तीबाट पृथ्वीराजमार्गको मलेखुतर्फ यात्रु लिएर आउँदै गरेको ग १ ज ३०११ नम्बरको बोलेरो जीप बिहीबार बिहान ९ बजेतिर गजुरी गाउँपालिका वडा नम्बर २ तुनिखोला नजिकै दुर्घटना हुँदा २४ जना जना यात्रु घाइते भएका हुन्।

जीप दुर्घटनाको खबर आएलगत्तै प्रहरी, रेडक्रसकर्मी, स्वयंसेवक टोली र स्थानीयले घाइतेहरूको उद्धार गरी उपचारका लागि राजमार्ग सामुदायिक अस्पताल मलेखु पठाएको प्रहरीले जनाएको छ।

जीप दुर्घटनामा परेका सबै घाइतेको उद्धार गरी उपचारमा पठाइएको छ । फाइल तस्बिर