बुटवल मलाई एकदमै राम्रो लाग्छ : देबिका बन्दना - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

बुटवल मलाई एकदमै राम्रो लाग्छ : देबिका बन्दना



कुनै बेला चलचित्र हिट होस् या नहोस् तर एउटा स्वरले गाएको गित हिट हुन्थ्यो । त्यहि स्वरको अर्को गित नआउँदासम्म त्यहि गितले गाउँ –शहर तताएको हुन्थ्यो । मान्छेलाई चिनाउन सयौं गित गाउनु पर्छ भन्ने छैन एउटा गित नै काफी हुन्छ, सानै देखिको गाउने बानी अनि आत्मादेखि को इच्छालाई पहिलो गित (हे मायालु तिमिलाई धेरै सम्झना) ले रहर त पूरा गर्यो साथै उक्त गित प्रत्येक नेपालीको आवाज पनि बन्यो ( यस्तै रहेछ यहाँ को चलन) यो गित पछि पछाडी फर्कनु परेन, करिब ६०० सय भन्दा बढी गित उनको स्वरमा छ्न, चलचित्र माईली को भरे आउँछु सपनीमा पर्खिराख है … उनका श्रीमान र उनलाई एकदमै मन पर्ने गित हो । नेपाली चलचित्र क्षेत्रमा सांगितिक योगदान पुराउँदै आएकी स्वरकी धनी देविका प्रधान –बन्दना) सदाबहार गायिका हुन । यस (बुटवल) क्षेत्रकी गहना ,गायन क्षेत्रकी धरोहर देविका बन्दनासँग, हिमाल पोस्टले गरेको कुराकानीको सम्पादीत अंशः

बुटवल मै हुनुहुन्छ कस्तो लाग्छ बुटवल?
–बुटवल मलाई एकदमै राम्रो लाग्छ। मेरो घर पनि यहि हो । यहाँको ठूलो बाटो रमणीय पार्कहरु, मन्दिर हरु, पहाडको छेउ मा बसेको ठ”लो शहर देख्दा कस्को मन आन्दित न होला र?

देबिका नाम ले के जनाउछ?
–सबै को नाम को आ आफ्नै अर्थ हुन्छ, मेरो नाम को अर्थ देबि भगवान को रुप भनेर जनाउछ। र केही मात्र मा मान्छे को नाम अनुसार काम पनि हुदो रहिछ।

देबिका बन्दना भन्दा त देबिका प्रधान नै हिट थियो होइन र?
–हो सहि कुरा लाई गलत हो भनेर भन्न मिल्दैन, मलाई प्रधान भन्दा पनि बन्दना मन पर्छ, मैले सानै उमेर देखि सर्स्वती बन्दना गर्ने गर्थे, त्यसैले मलाई यो नाम राख्न मन लागेको हो। नाम को पछाडि जुन शब्द राखेपनी देबिका नै हिट हो।

पछिल्लो पुस्ता ले आफ्नो आमा बाबू को बिडो थामिरहेका छ्न, तपाई का छोरा छोरी को के छ इच्छा?
–हल्का उनिहरु मा पनि प्रभाव छ गित सगित प्रती अहिले पढाइ लाई ध्यान दिएका छ्न। पछि हेर्दै जाम के हुन्छ, मेरा एक छोरा र एक छोरी छन बेला बेला मा गित गुन गुनाउने पनि गर्छ्न। तिनी हरु इच्छा जे छ्न उसैमा लाग्न सक्छ्न।

आज भोलि धार्मिक गित सगित लाई बढी जोड दिन थाल्नु भएको छ, उमेर ले गर्दा हो कि अन्य केही कारण छ?
–हा.. हा.. हास्दै) धार्मिक गित मैले ४,५ बर्ष देखि नै गाउने गर्थे। मलाई एकदमै मन पर्छ, घर परिवार को शस्कार पनि धार्मिक नै छ । उ बेला अरु गित गाउदा धार्मिक गित गाउने फुर्सद नै भएन। अहिले गाउने मैका पाएकी छु। त्यसैले त्योस्तो अनुभव भएको हुन सक्छ।

तपाई स्टेज शो हरु मा कमै मात्र मा देखिनु हुन्छ नि तपाई को माग न भएर होकी तपाई नगएर हो?
–सजिले उत्तर को गार्हो प्रश्न भन्छु म, म प्राए एकल साझ गर्छु राजधानी मा गरे बुटवल मा गरे, म नै जादिन स्टेज शो हरु मा, बुटवल को प्रदशनी मेला मा एक पटक गएर गित गाएकी छु त्यही पनि आफ्नै ठाउ र यहाँ को आयोजक को आग्रह लाई नाइँ भन्न न सकेर मात्र हो।

तपाईं कत्ति को रुनुहुन्छ?
–म ठिकै रुन्छु, तर जुन दिन मैले मेरो सासू आमा पदमा देबि शिह लाई गुमाउनु पर्यो उहालाई गुमाउदा धेरै रोएकी छु उहाँ म सग धेरै नजिक हुनुहुन्थ्यो। मलाई धेरै माया गर्नु हुन्त्यो, मलाई जन्म दिने आमा लाई त सानो हुदा नै गुमाएकी छोरी थिए म, बुहारी भए पछि सासू आमा नै मेरो घर र माइत को दुबै आमा नै उहाँ हुनुहुन्थ्यो, उहाँ लाई गुमाउदा धेरै रोएकी छु ।

गायन क्षेत्र बाहेक अन्य केही गर्नु हुन्छ कि?
–गर्छु । समाज सेवा त भैहाल्यो। हाम्रो परिवार ले प्रतेक बर्ष सुरपदमा एवाड दिदै आएको छ, अर्को पाटो बिजनेस पनि छ, र म कल्ब मा आबद्ध पनि छु।

चलचित्र मा गित गाउन छोडनु भएको हो?
–छोडेको भन्दा पनि अहिले नंया नंया गायक गायिका आउनु भएको छ उहाहरु लाई पनि मैका दिनु पर्यो नी। उहाँ हरु ले पनि राम्रो गर्नु भएको छ। एक ताका मैले मात्र गाउने गर्थे। अहिले म चाहिँ आधुनिक र आफ्नै एल्बम तिर समय दिएको हुदा चलचित्र को गित लाई समय दिन भ्याएकी छैन। राम्रो गित सगित भए गाउने छु ।