देवी घर्तीको केन्द्रीय सदस्यमा उम्मेद्वारी,लोक संस्कृतीको संरक्षण गर्ने प्रतिवद्दता - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

देवी घर्तीको केन्द्रीय सदस्यमा उम्मेद्वारी,लोक संस्कृतीको संरक्षण गर्ने प्रतिवद्दता



आकाश खनाल/काठमाडौं

नेपाली लोक गित संगीत प्रेमी दर्शक श्रोताहरुका लागी र कलाकारहरुका लागी देवी घर्तिको नाम नौलो भने पक्कै पनि हैन । तर यही असोज ८ ९ र १० गते काठमाण्डौ को कमलादीमा हुन गैरहेको राष्ट्रीय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय समितीको लागी छैटौ माधिवेसनबाट भने नौलो हुने देखिएको छ । किनभने देवीले आफु पनि उमेद्बार बन्ने औपचारिक घोषणा गरे लगत्तै धेरै कलाकारहरुले समर्थन गरेका छन ।

करिब १२ वर्ष अघि देखि  लोक दोहोरी क्षेत्रमा प्रबेश गरेकी देवीले पाच हजार गीतमा आफ्नो स्वर दिएकी छन् ।पछिल्लो समय देश तथा बिदेशमा हुने स्टेज प्रोग्राममा निक्कै बेस्त रहदै आएकी छन् ।

लोक संस्कृतीको जगेर्ना संरक्षण अनि यो भित्रका विकृतिलाई नस्ट गरि ,लोक संस्कृतीलाई सालीन ,सभ्य र आम नेपाली जनको प्रिय बिधा बनाउनको लागी उनले उमेद्बारी दिएको बताउछिन ।

हाम्रो तर्फबाट पनि सफलताको शुभकामना देवी घर्तिलाइ ।