ओलीले निर्देशन दिए बिष पिउन तयार छौँ: देवी ज्ञवाली - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

ओलीले निर्देशन दिए बिष पिउन तयार छौँ: देवी ज्ञवाली



काठमाडौं : नेकपा एमालेका नेता देवी ज्ञवाली एमाले नेता कार्यकर्ता पदका लागि नभएर देश र जनताको लागि काम गर्ने पार्टी भएको बताएका छन्।

एमाले पार्टी कार्यालय च्यासलमा भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले भने, ‘एमाले कार्यकर्ता पदको लागि लडेका छैनन्। एमालेमा कार्यकर्ताहरु पार्टीको निर्देशनमा विष पिउन तयार छन्। मृत्युवरण गर्न तयार छन्।’ उनले ओलीले निर्देशन दिए बिष पिउन तयार भएको पनि जिकिर गरे ।

उनले ०७४ को चुनावमा आफूहरुलाई मतपत्र च्यातेर हराएको भुलेर पार्टीको निर्देशन मानेर नै आफूहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई जिताएर पठाएको बताए। आगामी चुनावमा चितवनबाट प्रचण्डलाई हराएर छाड्ने दाबी गर्दै अब रजगज गर्न नदिने बताए।

जनताको हितमा रहेर काम गर्ने एकमात्रै पार्टी एमाले भएको दाबी गरे। एकताको नाममा प्रचण्डले एमाले कब्जा गर्ने प्रयास असफल भएपछि १९ पृष्ठको अभियोग लगाएको आरोप लगाए।