देवी ज्ञवाली पनि मुख्यमन्त्रीको दाबेदार - Himal Post Himal Post
  • २६ जेष्ठ २०८३, मंगलवार
  •      Tue Jun 9 2026
Logo

देवी ज्ञवाली पनि मुख्यमन्त्रीको दाबेदार



नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा चितवन क्षेत्र नम्वर २ (ख) का उम्मेदवार देवी ज्ञवालीले चितवनको विकासका लागि प्रदेशको नेतृत्व गर्नेगरी आफू प्रदेश सांसदको उम्मेदवार बनेको बताएका छन् ।

आइतबार भरतपुरमा आयोजित घरदैलोका क्रममा उनले पार्टीले नै प्रदेशको नेतृत्व गर्नुपर्छ भनेर उम्मेदवार बनाएको बताए । नेता ज्ञवाली चितवन–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार कृष्णभक्त पोखरेलसहित घरदैलो गरिरहेका छन्। निरन्तर निष्ठाको राजनीति गर्दै आएका कारण आफूलाई चितवन २ (ख) का जनताले विजयी गराउने उनको विश्वास छ ।

‘मेरो राजनीतिक क्रियाकलापको क्षेत्र यही हो’, उनले भने, ‘उपप्रमुख हुँदा पनि यही क्षेत्रबाट निर्वाचित भएर काम गरेँ, यही क्षेत्रका जनताको सेवामा आफ्नो जीवन समर्पित गर्न चाहन्छु ।’

उनले भरतपुरको व्यवस्थित विकास आफ्नो प्राथमिकतामा रहेको भन्दै शिक्षा, स्वास्थ्य र रोजगारीलाई आफूले विशेष महत्व दिने बताए। नेता ज्ञवालीले भरतपुरका धार्मिक र पर्यटकीय क्षेत्रको एकीकृत रुपमा विकास गर्नुपर्ने धारणा राखे । उनले आफू सुकुम्बासी समस्या समाधान आयोगको अध्यक्ष हुँदा ९० प्रतिशत काम सम्पन्न गरेको दाबी गरे ।