आमा पियारी सासु नजाति  (भिडियो सहित) - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

आमा पियारी सासु नजाति  (भिडियो सहित)



विशाल पाण्डेय/ काठमाडौँ 

हिमाल पोस्टको ईन्टरटेनमेन्ट डेक्स प्रमुख समीर प्रकाश पाण्डेको  शब्दमा गायक राजु ढकालको टिपिकल भाकामा तयार पारिएको तीज गीत हालै मात्र सार्वजनिक भएको छ ।

नजिकिँदै गरेको नारीहरूको तीज पर्वलाई लक्षित गर्दै “ आमा पियारी सासू नजाति” शीर्षकको तीज गीत बजारमा आएको हो । समाजमा घट्ने यथार्थ कहानीलाई समेटिएको यो गीतमा गायिका देवी घर्ती, सुस्मिता घर्ती र गायक राजु ढकालको आवाज रहेको छ ।

अघिल्लो वर्ष पनि रोमान्टिक पारामा तयार पारिएको तीज गीत “ भागेर जाम्ला ” मा आफ्नो शब्द भरेका समीरले यो वर्ष भने केही फरक खालको शब्द लेखेका छन् । पछिल्लो समय तीज गीत पनि सहर मुखी भएको अवस्थामा यो गीतले दर्शक श्रोतालाई पक्कै पनि केही फरक पन दिने छ ।

यस्तै गीतको भिडियोमा गायिका देवी घर्ती आमा, उज्ज्वल गिरि (दानवीर) छोरा र सुशीला निरौला(बिम्ली) बुहारीको रोलमा देख्न सकिन्छ । हिमाल पोस्ट मिडियाको प्रस्तुतिमा रहेको उक्त गीतको म्युजिक भिडियोको निर्देशन तथा छायाङ्कन दुर्गा पौडेलले गरेकी छन् भने नवीन घर्ती मगरको सम्पादनमा म्युजिक भिडियो तयार भएको छ । गीतलाई  देवी घर्ती राजु ढकाल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ   ।