यसपालीको बुद्धजयन्तीमा मावलीगांउ देवदह पनि सिगाँरिने, तस्बिरसहित - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

यसपालीको बुद्धजयन्तीमा मावलीगांउ देवदह पनि सिगाँरिने, तस्बिरसहित



 झविन्द्र देवकोटा/  बुटवल।

बुद्धजयन्तीका वेला वितेका वर्षमा सुनसान देखिने बुद्धमावली देवदह यस वर्षभने झकिझकाउ देखिने भएको छ । बिश्व शान्तिका अग्रदुत भगवान गौतमबुद्धको मावली गांउ देबदहमा पहिलोपटक औपचारिक रुपमा बुद्धजयन्ती समारोह गरिने भएको हो ।

महामानव गौतमवुद्धको जन्मस्थल लुम्विनीमा प्रत्यक वर्ष भब्य समारोह गरि बुद्धजयन्ति मनाईने गरिन्थियो । तथापि बुद्धमावली देवदह क्षेत्र सधै ओझेलमा पर्ने गरेको थियो । यस वर्षभने देवदह नगरपालिका पर्यटन प्रबद्र्धन तथा बिकास समितिकले २५६२ औं बुद्धजयन्तिको दुई दिन अगाडि देवदहको भवानीपुरमा विशेष समारोह गरि बुद्धजयन्ति मनाउने तयारी थालेको हो ।

लुम्बिनीमा मुल समारोह हुनुभन्दा २ दिन अघि बैशाख १५ गते देबदहमा हुन लागेको कार्यक्रममा संस्कृती तथा पर्यटन मन्त्री रबिन्द्र अधिकारी सहभागी हुने कार्यक्रम रहेको छ ।

देबदह नगरपालिकाको आयोजना र लुम्बिनी विकास कोषको सहयोगमा हुन लागेको कार्यक्रममा साँस्कृतीक महत्वका प्रदर्शन, बुद्ध दर्शन र नैतिक आचरण प्रर्वदनको लागि विशेष प्रबचन लगायतका कार्यक्रम हुने बिहीबार देवदहमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नगरप्रमुख तथा पर्यटन प्रबद्र्धन तथा बिकास समितिका संयोजक हिराबहादुर खत्रीले जानकारी दिनुभयो ।

एतिहासिक देबदह क्षेत्र गौतमबुद्धको मावलीसँगै ससुराली स्थलका रुपले पनि चिनिने देबदहको विकासको लागि पर्यटन प्रवर्दन समिति निर्माण गरी काम गर्दै आएको खत्रीले बताउनुभयो ।

पर्यटन गुरुयोजना निर्माण गरी भवानीपुर, बैरीमाइर्, कन्यामाई, पाकरीबृक्ष, खयरडाँडा, मंगलपुस्करणी दह लगायतका क्षेत्रको चरणबद्ध विकासका लागी बजेट बिनियोजन गरेको जनाएको छ । बैरिमाई र कन्यामाइमा उत्खननको काम पनि भइरहेको छ । बुद्धजयन्तीका अवसरमा देवदहमै गरिने कार्यक्रमले देबदहको ऐतिहासिक, धार्मिक सामाजिक र पर्यटकीय महत्वलाइ थप उजागर गर्ने र बुद्ध मावलीको बिकासका लागि थप टेवा पुग्ने खत्री बताउनुहुन्छ । यस्तै देबदहको एतिहासीक र पर्यटकिय महत्वबारे जानकारी गराउन स्थानिय र पाठ्यपुस्तक निर्माण गरी कक्षा ६ र ७ मा पठन पाठन भइरहेको उहाँले बताउनुभयो ।

नगरपालिकाले मंगल पुस्करीणी दह संरक्षण र सम्बद्ध, बहुउदेशिय भवन, गोल्डेन टेम्पल अफ लभिग बुद्ध अर्थात सुचना केन्द्र निर्माणको कामलाई अघि बढाएको जनाइएको छ । त्यस्तै पुरातात्वीक स्थलहरुको उत्खनन्, लुम्बिनी बौद्ध विश्वविद्यालयको आंगिक क्याम्पस स्थापनाको लागी इआइए कार्य अन्तिम चरणमा पुगेको छ । लुम्बिनी आउने पर्यटक र तिर्थयात्रीको बसाई अवधि लम्बाउन नसक्दा यहाँको पर्यटन क्षेत्रले फाइदा लिन नसकेको नगरप्रमुख खत्री बताउनहुन्छ । उहाँले लुम्बिनी आउने पर्यटकलाई एकपटक लुम्बिनी आउने वातावरण बनाउनै पर्नेमा जोड दिनुभयो ।

गौतमबुद्धको जन्म स्थल लुम्बिनीबाट ५७ किलोमिटर पूर्वमा पर्ने देबदह क्षेत्र बुद्धकी आमा मायादेबी, सानीआमा प्रजापति र धर्मपत्नी यशोधराको माइति स्थल समेत हो । यस क्षेत्रमा रहेका विभिन्न बुद्धसँग सम्वन्धित संघसंस्थाले बुद्धमावली स्थल देवदहमा यसवर्ष बुद्धजयन्तिको अवसरपारी विभिन्न कार्यक्रम समेत गर्दै छन् ।

हेराैँ केही तस्बिरहरु