देव: बिकास बैंकद्बारा घोडाघोडी मन्दिर परिसरमा सरसफाई तथा फलफुल बितरण  - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

देव: बिकास बैंकद्बारा घोडाघोडी मन्दिर परिसरमा सरसफाई तथा फलफुल बितरण 



बिरेन्द्र शाह / सुखड ।

घोडाघोडी मन्दिर परिसरमा सरसफाई तथा बिद्यार्थी (बटुक) हरुलाई फलफुल बितरण गर्ने कार्यक्रम सम्पन्न भएको छ । देव: बिकास बैंक लिमिटेड शाखा कार्यालय पहलमानपुरको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।

देव: बिकास बैङक लिमिटेडको १२ औँ वार्षिक उत्सवका  उपलक्ष्यमा घोडाघोडी मन्दिर परिसरमा सरसफाई तथा (बटुक) हरुलाई फलफुल बितरण गरीएको देव: बिकास बैङक लिमिटेडका क्षेत्रिय प्रबन्धक कमलराज गिरीले बताउनु भयो । बैङकको १२ औँ वार्षिक उत्सवमा देश भरका बिभिन्न शाखाहरुले बिभिन्न कार्यक्रम गरेर मनाईरहेको उहाँको भनाई छ । अहिले घोडाघोडी मन्दिर परिसरमा ३० जना बिद्यार्थी (बटुक) त्यही बसेर गुरुकुल शिक्षा लिई रहेका छन ।