देव गुरुङ बन्लान त सभामुख ? - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

देव गुरुङ बन्लान त सभामुख ?



काठमाडौं : कृष्णबहादुर महराको बहिर्गमनसँगै सत्तारुढ नेकपाभित्र प्रतिनिधिसभाको सभामुखका लागि उपयुक्त पात्रको खोजी सुरु भएको छ।

दुई अध्यक्ष र शीर्षस्तरका नेताहरु परामर्शमा जुटिरहँदा सभामुख पदमा पार्टीभित्रका पूर्वएमाले र पूर्वमाओवादी खेमाबीच तानातान हुन थालेको छ। संविधानअनुसार सभामुख र उपसभामुख फरक दलबाट चयन गरिनुपर्छ। हाल नेकपाकै शिवमाया तुम्बाहाङ्फे उपसभामुख छिन्। नेकपाले फेरि पनि प्रभावशाली सभामुख पद गुमाउन चाहेको छैन।

पार्टी एकीकरणपछिको भागबन्डामा सभामुख पद पूर्वमाओवादीको भागमा परेकाले अहिले पनि आफूहरुबाटै छानिनुपर्ने उक्त खेमाको दावी छ। उक्त खेमाबाट नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ मुख्य दावेदार देखिएको समाचार कान्तिपुर दैनिकमा छ।

सभामुख नेकपाले लिए संविधानअनुसार उपसभामुख पद भने उसले छाड्नुपर्नेछ। त्यसो हुँदा उपसभामुख सत्ता साझेदार समाजवादी पार्टी या अन्य दलको पोल्टामा जान सक्छ।