देउवाले पनि रोक्न सकेनन् गच्छदारविरुद्ध पक्राउ पुर्जी - Himal Post Himal Post
  • ४ असार २०८३, बिहीबार
  •      Thu Jun 18 2026
Logo

देउवाले पनि रोक्न सकेनन् गच्छदारविरुद्ध पक्राउ पुर्जी



काठमाडौं- बालुवाटारस्थित ललिता निवास जग्गा घोटाला प्रकरणमा नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित करिव ३ सय जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जिल्ला अदालत काठमाडौंबाट गच्छदार, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीपकुमार बस्न्यात, पूर्वसचिव नारायण मलेगोसहित करिब ३ सय जनाविरुद्ध पक्राउ पुर्जी जारी गराएको हो।

पक्राउ पूर्जी जारी भएका अधिकांशलाई कीर्ते कागजातमा संलग्न भएको आरोप लागेको छ ।

सीआईबी प्रमुख डीआईजी धीरजप्रताप सिंहले बालुवाटार जग्गा प्रकरणमा अनुसन्धान अन्तिम चरणमा पुगेको बताएका छन्। यसबारेको प्रतिवेदन केही दिनमै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाइने उनले बताएका छन्।

अख्तियारले तीन पूर्वमन्त्रीहरू गच्छदार, चन्द्रदेव जोशी र डम्बर श्रेष्ठसहित १ सय ७५ जनाविरुद्ध भ्रष्टचार अभियोगमा विषेश अदालतमा मुद्दा दायर गरेको थियो। ती मध्ये एक जना मात्रै हाल थुनामा छन्।

विशेष अदालतले पुर्पक्षका लागि शोभकान्त ढकाल मात्रै हाल थुनामा छन्। तीन पूर्व मन्त्रीमध्ये विजयकुमार गच्छदार १० लाख, डम्बर श्रेष्ठ ५ लाख धरौटीमा छुटेका छन्। चन्द्रदेव जोशीलाई साधारण तारेखमा छाडिएको छ।

सिआईबीको सूचीमा करिब ४ सय जना छन्। ती मध्ये कस–कसविरुद्ध मुद्दा लैजाने भन्ने अन्तिम तयारी भइरहेको सीआईबी स्रोतले जनाएको छ। यसैबीच अख्तियारले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध मुद्दा नचलाएको भन्दै सर्वोच्च अदालतमा रिट परेको छ।

अख्तियारले अरु ६५ जनासँग जग्गा जफत गर्न माग गरेको छ। ११० जनाविरुद्ध भ्रष्टचारको कसुरमा बिगो र सजाय माग गरेको थियो।