प्रधानमन्त्रीले एमसीसीसँग कुरा गर्न नेता लेखकलाई अमेरिका पठाउँदै - Himal Post Himal Post
  • २ असार २०८३, मंगलवार
  •      Tue Jun 16 2026
Logo

प्रधानमन्त्रीले एमसीसीसँग कुरा गर्न नेता लेखकलाई अमेरिका पठाउँदै



काठमाडौँ- एमसीसीका कारण गठबन्धन फुट्ने चर्चाबीच नेपाली कांग्रेसका नेता रमेश लेखक अमेरिका जान लागेका छन् । पार्टीका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा संसदबाट अमेरिकी परियोजना एमसीसी पास गराउने कसरतमा रहेका बेला उनी अमेरिका जान लागेका हुन्।

स्रोतका अनुसार नेता लेखकले एमसीसीका अधिकारीलाई भेट्नका लागि अमेरिका जान लागेको बताइए पनि लेखकको सचिवालय र सहयोगीहरूले भने यसलाई अस्विकार गर्दै आएका छन् । शुक्रबार राति ८ बजे अमेरिका प्रस्थान गर्ने बताइएको छ।

एमसीसी पास गर्न निर्णायक पहल भइरहेका बेला प्रधानमन्त्री देउवाका विश्वासपात्र लेखक अमेरिका भ्रमणमा जान लाग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

तर, उनका स्वकीय सचिव जनक भट्टले नेता लेखक पारिवारिक भेटघाटका लागि अमेरिका जान लागेको बताएका छन्। लेखक पत्नी र छोरीका साथमा अमेरिका जान लागेका बताइएको छ ।

उनका सहयोगीका अनुसार अमेरिका जानु र एमसीसी पासको प्रयास हुनुमा कुनै सम्बन्ध नभएको बताइएको छ । लेखक पारिवारिक भेटघाटका लागि जान लागेको बताइएको छ ।

एमसीसीबारे चर्काचर्की भैरहेका बेला अमेरिका हिड्न लागेका उनको दुई महिनाअघिबाटै अमेरिका जाने तयारी गरेको बताइएको छ । लेखक अमेरिकामा झन्डै १ महिना बस्ने बताइएको छ।