देउवाले कटाए ५० प्रतिशत - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

देउवाले कटाए ५० प्रतिशत



काठमाडौंमा जारी नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना भइरहेको छ। मतगणनामा सभापतिका पाँच उम्मेदवारमध्ये शेरबहादुर देउवा र शेखर कोइराला मुख्य प्रतिस्पर्धी देखिएका छन्।

निर्वाचन समितिका अनुसार अहिलेसम्म २७७७ मतगणना सकिएको छ।

यो गणनामा देउवाले ५० प्रतिशत मत कटाउँदा अग्रता कायमै राखेका छन्। देउवालाई कोइरालाले पछ्याइरहेका छन्।

मंगलबार बिहान ४ बजेदेखि सभापतिको मतगणना सुरू गरिएको छ। मतगणनामा सुरुवाती अग्रता देउवाकै छ।

शेरबहादुर देउवा : १३१८
शेखर कोइराला : १०२३
मतगणनाः २७७७