शशांक र गगन थापाले देउवाको उछितो काटे - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

शशांक र गगन थापाले देउवाको उछितो काटे



काठमाडौं–नेपाली कांग्रेसको काठमाडाै जिल्ला भेलामा महामन्त्री सहितका नेताहरु सभापति शेर बहादुर देउवा माथि खनिएका छन् ।

कार्यक्रममा महामन्त्री शशांक कोइराला, नेता प्रकाशमान सिंह र केन्द्रीय सदस्य गगन थापाले सभापति देउवाको कार्यशैलीको चर्को आलोचना गरे ।
महामन्त्री शशांक कोइरालाले गुट उपगुटको अन्त्य गर्दै पार्टीलाई एकढिक्का गरेर अघि बढाउन सभापतिलाई सुझाव दिए ।

पार्टीले लामो इतिहास बोकेको र विचारका दृष्टिले पनि शसक्त रहेको भन्दै उनले इतिहास, विचार र कार्यकर्ता एकसाथ लिई अघि बढ्न आग्रह गरे ।

उनले पार्टीलाई एक ढिक्का बनाउनका लागि आफू क्याटलिष्टको रुपमा काम गर्न तयार रहेको पनि बताए ।
नेता प्रकाशमान सिंहले पार्टी भित्र गुट उपगुटको राजनीति मौलाएको र सभापतिले गर्ने मनोमानी निर्णयका कारण निर्वाचनमा पराजय व्यहोर्नु परेको दाबी गरे ।

केन्द्रीय सदस्य गगन थापाले कांग्रेस भएर पनि चुनावमा कांग्रेसको उम्मेद्वबारलाई भोट हाल्न नपाउने अवस्था आउनु दुखद भएको बताए ।

उनले संविधान कार्यान्वयन गराउने सवालमा निर्वाचन सम्पन्न गराएर मुलुकको समग्र राजनीति जिते पनि चुनावमा हार व्यहोर्नुपरेको उल्लेख गर्दै उनले त्यसको जिम्मेवारी सभापति लगायत नेतृत्व पक्तिले लिनुपर्ने बताए ।

देउवा स्वयम् उपस्थित भएको भेलामा बरिष्ठ नेता रामचन्द्र पौडेल भने अनुपस्थित थिए ।