देउवाको प्रस्ताव ओलीले गरे अस्विकार, फेरि प्रचण्ड फकाउन घरमै पठाए दूत - Himal Post Himal Post
  • १३ पुष २०८१, शनिबार
  •      Sat Dec 28 2024
Logo

देउवाको प्रस्ताव ओलीले गरे अस्विकार, फेरि प्रचण्ड फकाउन घरमै पठाए दूत



राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सकिनै लाग्दा दलहरू सरकार गठनलाई लिएर दौडधुपमा छन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आन्तरिक भेटघाट तिब्र पारेका छन् भने अन्य नेताहरू पनि दौडधुपमा छन् ।

यसै क्रममा नेपाली कांग्रेसले गरेको प्रस्ताव नेकपा एमालेले पनि अस्विकार गरेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालले अडान नछाडे एमालेको समर्थनमा सरकार बनाउने तयारीमा रहेका कांग्रेस सभापति देउवा तनावमा छन् ।

देउवाले आफ्नो विशेष दूत बनाएर मध्यरातमा बालकोट पठाएका कांग्रेस नेता विमलेन्द्र निधि निरास बनेर फर्केका छन् । देउवालाई प्रधानमन्त्री बनाउन प्रस्ताव लिएर गएका निधिलाई ओलीले निरास हुनेगरी जवाफ दिएको बताइएको छ ।

प्रचण्डले नमाने ओलीको साथ् लिएर प्रधानमन्त्री बन्ने दाउमा लागेका देउवा ओलीले प्रस्ताव अस्विकार गरेपछि तनावमा परेका छन् । ओलीबाट गरिन सिग्नल नपाएपछि देउवाले फेरि प्रचण्ड फकाउन थालेका छन् ।

आइतबार बिहानै उनी निधिलाई दुत बनाएर देउवाले खुमलटार पठाएका छन् छन् । सत्ता गठबन्धनमा सहमति नजटेपछि गए राति एमाले अध्यक्ष केपी ओलीसँग छलफल गर्न देउवाले निधिलाई बालकोट पठाएका थिए ।

राति बालकोटबाट फर्केका उनै निधि आज बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफलका लागि खुमलटारस्थित उनको निवास पुगेका हुन् ।

माओवादी अध्यक्ष प्रचण्डले पहिलो चरणमा आफूलाई प्रधानमन्त्रीमा समर्थन गर्न कांग्रेसलाई आग्रह गरिरहेका छन् । अन्यथा गठबन्धन टुंग्याउने अडान लिएका प्रचण्डसँग सहमति जुटाउन निधिले प्रयास थालेका हुन् ।

नयाँ सरकारको नेतृत्वमा पहिलो चरणमै कांग्रेस सभापति शेरबहादुर देउवाको पनि दाबी छ । भागवण्डा टुंगो लगाउन केहीबेरमा बालुवाटारमा गठबन्धनको बैठक बस्दैछ ।

गठबन्धन बैठकअघि कांग्रेस र माओवादीका नेताहरू आन्तरिक छलफलमा रहेका बेला निधिको खुमलटार प्रवेशलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।