देउवाको कारण चुनावी घाेषाणा अनुसारकाे बजेट ल्याउन सकिएन :प्रम ओली - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

देउवाको कारण चुनावी घाेषाणा अनुसारकाे बजेट ल्याउन सकिएन :प्रम ओली



विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वकाे सरकारका कारण वर्तमान सरकारले चुनावी घाेषाणा अनुसारकाे बजेट ल्याउन नसकिएकाे बताएका छन् । प्रदेश १ काे सभा बैठकलार्इ सम्बाेधन गर्न यहाँ अाइपुगेका प्रम अाेलीले विराटनगर विमानस्थलमा बजेट चुनावी घाेषाणाअनुसार नभए पनि यसमा प्रदेशले चित्त दुखाउनुपर्ने अवस्था नरहेको बताएका हुन् ।

मुलुक नयाँ प्रणालीमा गएकाे र यसलार्इ म्यानेज गर्न केही समय लाग्ने बताउँदै उनले अघिल्लो सरकारले बिनायोजना साढे ७ अर्ब बाँडेकोले त्यो तिनुपर्ने दायित्व अहिलेको सरकारमा आएको जिकिर गरे ।

प्रम अाेलीले पत्रकारहरूसँग कुरा गर्दै भने, ‘अघिल्लाे सरकारले साढे ७ अर्ब मनपरी ढंगले बाँडेको छ, यो राजश्वको ठूलो प्रतिशत हामीले दायित्व लिनुपर्ने अवस्था सृजना भएकाे छ ।’ उनले डामाडाेल अवस्थामा रहेकाे अर्थतन्त्रलाई ट्रयाकमा ल्याउनु परेकाले त्यसकाे असर बजेटमा परेकाे बताए ।

अर्थतन्त्र ट्रयाकमा अाएपछि मात्रै थप विकासका याेजना ल्याउन सकिने उनकाे भनाइ थियाे । उनले सहमतिकाे अाधारमै सरकार अघि बढ्ने बताउँदै अहिलेकाे सरकारबाट विपक्षी दल (नेपाली कांग्रेस) अात्तिनु जरूरी नरहेकाे समेत प्रस्ट पारे ।