स्वास्थ्य मापदण्ड अपनाएर अधिवेशनमा सहभागी हुन देउवाको आग्रह - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

स्वास्थ्य मापदण्ड अपनाएर अधिवेशनमा सहभागी हुन देउवाको आग्रह



काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गाउँ नगर अधिवेशनमा देखिएको उत्साहले कांग्रेसलाई बलियो बनाउँने विश्वास व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमा पार्टीको गाउँ र नगर अधिवेशनको सफलताको शुभकामना दिँदै देउवाले अधिवेशनमा देखिएको उत्साहलाई पार्टीलाई अझ बलियो बनाउने बताए ।

उनले कोभिड १९ विरुद्ध स्वास्थ्य मापदण्ड अपनाएर अधिवेशनमा सहभागि हुन कार्यकर्ताहरूमा आग्रह समेत गरेका छन् ।

देउवाले भनेका छन्, ‘तपाईंरुको पार्टीप्रतिको विश्वास र प्रतिवद्धताले कांग्रेसलाई थप बलियो बनाउने छ । जनताको मन जित्नेगरी नगर र गाउँपालिकामा आफ्नो भूमिकालाई प्रभावकारी बनाउनुहुनेछ भन्ने अपेक्षा पनि गरेको छु ।’

कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज अधिकांश जिल्लामा पालिका अधिवेशन भइरहेको छ ।