देउवाकै गृहजिल्लाबाट सुरू भयो चुनाव बहिस्कार अभियान - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

देउवाकै गृहजिल्लाबाट सुरू भयो चुनाव बहिस्कार अभियान



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाकै जिल्लाबाट चुनाव बहिस्कार अभियान थालिएको छ । डडेलधुरामा कांग्रेसको वडा समितिले चुनाव बहिस्कारको निर्णय गर्दै विज्ञप्ति नै सार्वजनिक गरेको छ ।

भागेश्वर गाउँपालिका ५ को समितिले चुनाव बहिस्कार गर्ने निर्णय गरेको छ । बहुमतबाट निर्णय गरिउको वडा सभापति जंगबहादुर थापामगरले जनाएका छन् ।

“मंसिर ४ गते हुन गइरहेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा वडा कमिटीले समग्र वडाको विकासका लागि राखेका मागहरु विश्वासिलो रुपमा पूरा हुने आधार नदेखिएको अवस्थामा चुनाव बहिस्कार गर्ने र कुनै पनि उमेदवारलाई भोट नदिने निर्णय बहुमतबाट पारित गरिएको जानकारी गराइन्छ।”

विज्ञप्तिमा भनिएको छ, “साथै यदी माग सम्बोधनका लागि वार्ता गर्ने अवस्था आएमा जिल्ला स्तरका कुनै पनि कांग्रेसका नेताहरुसँग वार्ता नगरी स्वयम् प्रधानमन्त्री शेरबहादुर देउवासँगमात्रै वार्ता गर्ने कुरा जानकारी गराइन्छ ।”