सकियो केन्द्रीय सदस्यको मतगणना, देउवा पक्षका २५ जना विजयी - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

सकियो केन्द्रीय सदस्यको मतगणना, देउवा पक्षका २५ जना विजयी



काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यहरूको मतगणना सकिएको छ। निर्वाचन समितिले भने केहीबेरमा मतपरिणाम सार्वजनिक गर्दै छ।

कांग्रेसको ३५ खुला केन्द्रीय सदस्यका लागि ९९ जना प्रतिस्पर्धामा थिए। तीन दिन लगाएर सकिएको मतगणनाको प्राप्त अन्तिम मतपरिणामअनुसार सबैभन्दा बढी डा शशांक कोइरालाले मत पाएका छन् भने दोस्रो बढी मत एनपी साउद र तेस्रो बढी मत बालकृष्ण खाँडदले ल्याए।

त्यस्तै उदयशमशेर राणा, रामहरि खतिवडा, रमेश लेखक, ज्ञानेन्द्र बहादुर कार्कीले क्रमशः चौथो, पाँचौं, छैंटौं, सातौं बढी मत ल्याए।