हार्छु कि भन्ने दरले देउवा दिनभरि उभिए: गगन थापा - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

हार्छु कि भन्ने दरले देउवा दिनभरि उभिए: गगन थापा



काठमाडौँ- कांग्रेस सभापति निर्वाचनको दोस्रो चरणको मतदानका क्रममा सभापति शेरबहादुर देउवाले दिनभरि उभिएर स्ववियु चुनावको झल्को दिएको गगन थापाले बताएका छन्।

दोस्रो चरणको मतदानका क्रममा देउवालाई हार्छु कि भन्ने लागेर दिनभरि उभिएर व्यक्तिगत रुपमा मत मागेको थापाले बताए।

थापाले मंगलबार अबेर राति मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेतृत्व परिवर्तनको मौका यसपटक कांग्रेसले पाएको बताए।

‘दिनभरि प्रधानमन्त्री उभिएर बसेपछि आफू पनि नउभिने कुरा भएन, मलाई त आज स्ववियु चुनावमा भोट मागेजस्तो पो लाग्यो,’ थापाले भने।