देउवालाई आफ्नै केन्द्रीय सदस्यले भने- त्याग गर्नोस्, महान बन्नोस् - Himal Post Himal Post
  • २ माघ २०८२, बिहीबार
  •      Thu Jan 15 2026
Logo

देउवालाई आफ्नै केन्द्रीय सदस्यले भने- त्याग गर्नोस्, महान बन्नोस्



नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा छैटौँ पटक संसदीय दलको नेता बन्ने तयारीमा छन्।

मंसिर ४ को निर्वाचनमा प्रत्यक्षबाट ५७ सिट जित्दै पहिलो बनेको कांग्रेस अहिले सरकार निर्माण तयारी छ।

यस्तोमा बुधबार संसदीय दलको निर्वाचन हुँदैछ। निर्वाचनअघि कांग्रेसकै नेताहरुले देउवालाई त्याग गर्न आग्रह गरिरहेका छन्।

कांग्रेसमा इतर समूहका एकजना नेता एवम् केन्द्रीय सदस्य मधु आचार्यले समय छँदै त्याग गरेर देखाउन सामाजिक सञ्जालबाट देउवालाई आग्रह गरेका छन्।

‘शेरबहादुर दाइले सदा स्वर्गीय नेता किसुनजी (कृष्णप्रसाद भट्टराई) तथा गिरिजाबाबु (गिरिजाप्रसाद कोइराला) को सच्चा अनुयायी भएको दावा गर्नुभयो’, उनले भनेका छन्, ‘सच्चा परिक्षणको बेला आएछ।’

उनले आफ्नो सक्रिय जीवनमै नेतृत्व हस्तान्तरणको प्रस्ताव अघि सारेको र गिरिजाबाबुले संसदीय दलमा बहुमत हुँदै नेतृत्व हस्तान्तरण गरेको विगत पनि आचार्यले देउवालाई सम्झाएका छन्।

‘किसुनजीले आफ्नो सक्रिय जीवनमै अघि सारेको र गिरिजा बाबुले संसदीय दलमा बहुमत रहँदै पनि नेतृत्व हस्तान्तरण गरेको आफ्नै बिगत सम्झनोस्’, आचार्यले देउवालाई भनेका छन्, ‘त्याग गर्नोस, महान बन्नोस।’