देउवाले भने: कम्युनिस्ट नाममा आतंककारी सरकार - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

देउवाले भने: कम्युनिस्ट नाममा आतंककारी सरकार



दाङ-पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसको सभापति तथा शेरबहादुर देउवाले देशमा बहुमतको कम्युनिष्ट सरकारले राज्य आतंक मच्चाएको बताएका छन्।

दाङको घोराहीमा एक कार्यक्रममा बोल्दै उनले राज्य आतंक मच्चाउने कम्युनिस्ट सरकार आतंककारी भएको बताएका हुन्। उनले सरकारले बहुमत भएको दम्भ देखाएर विभिन्न विधेयकहरू लाद्ने काम गरेको भन्दै यसले नागरिकमा आतंक सृजना गरेको बताए ।

सभापति देउवाले कम्युनिष्ट सरकारले विभिन्न विधेयकका नाममा आम नागरिकलाई अप्ठ्यारोमा पार्नेदेखि संचार माध्यमलाई समेत अंकुश लगाउन खोज्दा लोकतन्त्र माथिको उपहास हुने टिप्पणी समेत गरे।

देउवाले लोकतन्त्रमाथि एकपछि अर्को गरी पटकपटक आक्रमण हुँदा मानव अधिकार तथा मानवअधिकारवादीहरू पिल्सिएकाले अब सबै एक ठाउँमा उभिएर यसको प्रतिवाद गर्नु पर्नेमा जोड दिए।

संगठनका अध्यक्ष ईन्द्रप्रसाद अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा सभापति देउवाले बहुमतको आडमा राज्यलाई कमजोर बनाउने खालका कुनै पनि गतिविधि नगर्न सत्तारुढ दललाई आग्रह गरे।

उनले अझै पनि सरकार नसच्चिए यसको भागीदार आफैँ हुने समेत चेतावनी दिरे।

सो अवसरमा मानव अधिकारकर्मी विजूल कुमार विक, पूर्वअध्यक्षहरू आनन्द अर्याल, कपील श्रेष्ठ, चरण प्रसाइँ, नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दीपक गिरी, राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले बोलेका थिए।