देउवा सभापति उठ्ने, सभामुखमा कांग्रेसले दाबी गर्ने - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

देउवा सभापति उठ्ने, सभामुखमा कांग्रेसले दाबी गर्ने



काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफू पार्टीको आगामी महाधिवेशनमा सभापतिको लागि उम्मेद्धवारी दिने तयारीमा जुटेको बताएका छन् ।

नेकपाको चियापानको अवसरमा आज राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफू आगामी महाधिवेशनमा सभापतिमा उठ्ने जनाए । उनले भने,‘पार्टीको आगामी महाधिवेशनमा म सभापतिमा उम्मेद्धवारी दिन्छु । कार्यकर्ताको पनि यही माग छ । म ब्याक हुँदैन् ।’ त्यस्तै उनले कृष्णबहादुर महराको राजीनामापछि रिक्त रहेको सभामुख पदमा आफ्नो पार्टीको दाबी रहेको बताए ।

त्यस्तै, उनले वर्तमान सरकारले भ्रष्टाचार अन्त्य र सुशासन कायम गरे आफ्नो पार्टीले पनि सहकार्य गर्ने बताए । उनले भने,‘हामी मिलेर नै अघि बढ्छौं ।’