यो सरकारबाट धेरै आशा नगर्नुहोस्: प्रधानमन्त्री देउवा - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

यो सरकारबाट धेरै आशा नगर्नुहोस्: प्रधानमन्त्री देउवा



काठमाडौं- नेपाली कांग्रेसको एकल सरकार नभएकाले धेरै माग नगर्न प्रधानमन्त्री शेरबहादुर देउवाले आग्रह गरेका छन्।

आइतबार नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले श्रमिकको हकका लागि सक्दो काम गर्न आफू प्रतिबद्ध रहेको बताए। प्रधानमनत्री देउवाले भने, “एउटा कुरा के बुझ्नु पर्‍यो भने तपाईंहरूले, यो कांग्रेसको एकलौटी सरकार होइन। धेरै माग दाबी गर्ने कुरा छैन।”

अहिले गठबन्धनको सरकार भएकाले सबै माग पूरा गर्न नसकिने उनको भनाइ थियो। “श्रमिकका हक, अधिकार संरक्षणका लागि नेपाल ट्रेड युनियन कांग्रेसले उठाएका सबै माग पूरा गर्न अहिले कांग्रेसको एकल सरकार होइन, गठबन्धनमा सहमति जुटेअनुसार श्रमिकलाई हक, अधिकार दिन कञ्जुस्याइँ गरिँदैन,” देउवाले भने, “कर्मचारीको तलब वृद्धि, ज्येष्ठ नागरिकलाई ६८ वर्षमै सामाजिक सुरक्षा भत्ताले पनि श्रमिकलाई हक, अधिकारका लागि सहयोग गरेको छ।”

उनले श्रम बजारलाई चलायमान बनाउन सबै पक्षले मिलेर काम गर्नुपर्नेमा जोड दिए। खोपले कोभिड-१९ नियन्त्रणमा आए पनि रुस र युक्रेनबीचको युद्धले औद्योगिक क्षेत्र प्रभावित हुँदा श्रमिक वर्गलाई प्रभाव परेको उनले उल्लेख गरे। उनले रोजगारी सिर्जनामा सरकारले काम गर्ने बताए।