२०७५ साउन ५, शनिबार

देउवा सरकारको झुटः हल्ला मात्रै धेरै

April 2, 2018
106 Views
Spread the love
  • 25
    Shares

काठमाडौं – शेरबहादुर देउवा नेतृत्वको सरकारले भूकम्पपीडित र बाढीपीडितलाई थप १ लाख अनुदान दिने निर्णय गरेको भनेर झुट बोलेको खुलेको छ । आजको नयाँ पत्रिकामा यो समाचार छापिएको छ ।

गत १० माघको मन्त्रिपरिषद् बैठकले भूकम्पपीडितले पाउने अनुदान रकम ३ लाखबाट बढाएर ४ लाख पुर्याउने निर्णय भएको सार्वजनिक गरिएको थियो । तर, मन्त्रिपरिषद्को माइन्युटमा यो निर्णय उल्लेख नै छैन ।

मुख्यसचिव लोकदर्शन रेग्मीले पनि घुमाउरो भाषामा त्यस्तो निर्णय नभएको संकेत गरे । ‘भूकम्पपीडितका बारेमा निर्णय भएको हो भने त्यो प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको वेवसाइटमै हुन्छ, त्यहीँ हेर्नुस् । त्यहाँ छैन भने कुनै निर्णय भएको छैन भन्ने बुझ्नुस्’, उनले भने । मन्त्रीपरिषद् कार्यालयको वेवसाइटमा यस्तो निर्णय भएको कतै उल्लेख छैन्।

तत्कालिन सरकारका एक वरिष्ठ मन्त्रीले पनि भुकम्पपीडितलाई थप अनुदान दिने निर्णय नभएको बताए । ‘मन्त्रिपरिषद् बैठकमा भूकम्पपीडितको अनुदान बढाउनेबारे छलफल भएको हो, निर्णय भएको होइन। छलफल चलेकै विषयलाई सञ्चारमन्त्रीले निर्णय भएको भन्दै मिडियालाई सूचना दिए । मैले पनि मिडियाहरूमा देखेँ, तर छलफलको विषय निर्णयको तहमा पुगेकै थिएन,’ ति मन्त्रीले भने ।

१० माघको मन्त्रीपरिषद् बैठकपछि तत्कालीन सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले भूकम्पपीडित र बाढीपीडितलाई थप १ लाख रुपैयाँ अनुदान दिने निर्णय गरिएको बताएका थिए । ‘भूकम्पपीडितले ३ लाख अनुदान पाउने भनिएकोमा अब ४ लाख रुपैयाँ पाउनेछन्,’ उनले भनेका थिए ।

तर, सो मन्त्रिपरिषद् बैठकको माइन्युटमा भूकम्पपीडित र बाढीपीडितलाई अनुदान बढाउने कुनै विषय उल्लेख छैन । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले पनि भूकम्पपीडितलाई अनुदान रकम थप गर्ने विषयमा मन्त्रीपरिषद्ले निर्णय गरेको विषयमा आफूलाई जानकारी नभएको बताए । ‘सरकारले त्यस सम्बन्धमा घोषणा गरेको मिडियाबाट थाहा पाएको हुँ तर मन्त्रीपरिषद्ले निर्णय नै गरेको होलाजस्तो मलाई लाग्दैन, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट अहिलेसम्म यस सम्बन्धमा कुनै निर्देशन आएको छैन्’ उनले भने ।

तत्कालीन सञ्चारमन्त्री बस्नेतले भूकम्पपीडित र बाढीपीडितलाई थप १ लाख रुपैयाँ अनुदान दिने विषयमा मन्त्रीपरिषद् निर्णय गरेको दाबी अहिले पनि गरे । ‘सरकारको प्रवक्ताका रुपमा त्यो कुरा मैले मिडियामा बताएकै हो। मन्त्रीपरिषद्ले गरेको निर्णयलाई माइन्युटिङ नगर्ने भन्ने हुँदैन। त्यो निर्णय लुकाइएको हुनसक्छ। यदि त्यो कार्यान्वयन नगर्ने भनियो भने त्यसका विरुद्धमा मै उत्रिन्छु।’

Facebook Comments
  • 25
    Shares

You may be interested

बालविवाह अन्त्यका साथै लैङ्गिक हिंसा न्यूनीकरणका लागि अन्तरक्रिया कार्यक्रम घोडाघोडी- ७ मा सम्पन्न
समाचार
0 shares25 views
समाचार
0 shares25 views

बालविवाह अन्त्यका साथै लैङ्गिक हिंसा न्यूनीकरणका लागि अन्तरक्रिया कार्यक्रम घोडाघोडी- ७ मा सम्पन्न

विशाल पाण्डेय - २०७५, ५ श्रावण ०८:३४

हिमााल पोस्ट / सुखड  । स्थानिय स्तरमा बालविबाह अन्त्यका साथै लैङ्गिक हिन्सा न्युनिकरणका लागि सरोकारवालाहरु सङ्गको अन्तरक्रिया कार्यक्रम कैलालीको घोडाघोडी…

मोदी र राहुलको अंकमालको रहस्य के हो ?
अन्तराष्ट्रिय
0 shares92 views
अन्तराष्ट्रिय
0 shares92 views

मोदी र राहुलको अंकमालको रहस्य के हो ?

himal post - २०७५, ५ श्रावण ०७:४६

नयाँदिल्ली- भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कँग्रेसका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीसँग अंकमाल गरेको विषयले खुव चर्चा पाएको…

डा.केसी अनशन बसेको अस्पतालका निमित्त निर्देशकले किन दिए राजीनामा ?
समाचार
0 shares103 views
समाचार
0 shares103 views

डा.केसी अनशन बसेको अस्पतालका निमित्त निर्देशकले किन दिए राजीनामा ?

himal post - २०७५, ५ श्रावण ०७:३८

काठमाडौं,  महाराजगञ्जका निमित्त निर्देशक प्राध्यापक डा दीपकप्रकाश महराले पदबाट राजीनामा दिएका छन् । शुक्रबार डा महराले पदबाट राजीनामा दिएको बताएका हुन् ।…