प्रकाशमानलाई देउवाको अफर: दोस्रो चरणमा सघाए प्रधानमन्त्री बनाउँछु - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

प्रकाशमानलाई देउवाको अफर: दोस्रो चरणमा सघाए प्रधानमन्त्री बनाउँछु



काठमाडौं- नेपाली कांग्रेसको जारी महाधिवेशनमा पहिलो चरणको मतदानबाट सभापति टुंगो लाग्न नसकेपछि दोस्रो चरणमा मतदान हुने भएको छ । दोस्रो चरणको निर्वाचनका लागि शेरबहादुर देउवा र डा. शेखर कोइराला भिड्दैछन् ।

दोस्रो चरणको मतदान हुने भएपछि देउवानिकट नेता एंव गृहमन्त्री बालकृष्ण खाँण आज बिहान नेता प्रकाशमान सिंहलाई भेट्न उनकै निवास चाक्सीबारीमा पुगेका छन् । भेटमा खाँणले सिंहसँग दोस्रो चरणको मतदानमा देउवालाई सहयोग गर्न प्रस्ताव राखेका छन् ।

स्रोतका अनुसार देउवाको दूत बनेका खाँणले प्रकाशमानलाई अफर गरेका थिए । देउवाको संदेश सुनाउँदै खाँणले दोस्रो चरणमा सघाएको खण्डमा आगामी प्रधानमन्त्री प्रकाशमानलाई बनाउने आस्वासन दिएका छन् ।

सिंहले आफ्नो समूहमा छलफल गरेरमात्रै कसलाई सघाउने भन्ने निर्णय गर्ने जवाफ दिएका छन् । मतगणना नसकिंदै खाँण प्रकाशमान निवासमा पुगेका थिए ।