देउवा र पौडेलबीच सम्वन्ध बिग्रियो - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

देउवा र पौडेलबीच सम्वन्ध बिग्रियो



काठमाडौं– महाधिवेशन, सरकार संचालन र गथाबंदहंका कारण नेपाली कांग्रेसभित्र अहिले चर्को विवाद छ । यस्तैमा शिर्ष नेताहरूबीच सम्वन्ध बिग्रिएको छ। एकलौटी निर्णय गर्ने सभापति शेरबहादुर देउवाको बानीले समेत शिर्ष नेताहरू आजित छन् ।

यस्तैमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाबीच सम्बन्ध बिग्रिएको खुलेको छ । भागबण्डा र महाधिवेशनकै बिषयले सम्बन्ध चिसिएको चर्चा चलिरहेका बेला उनीहरूबीच चर्को मतभेद समेत रहेको खुलेको छ ।

सोमबार बिहानै वरिष्ठ नेता पौडेलले देउवामाथि आक्रोश पोखेका छन्। उनले सामाजिक सञ्जालमार्फत देउवाले नेपाली कांग्रेसलाई निर्वाचन आयोगसंग भिख माग्ने निरीह अवस्थामा पुर्‍याएको आरोप लगाएका छन्।

‘पार्टी विधानले चार वर्षको कार्यकाल तोकेको छ। असाधारण परिस्थिति भनेर एक वर्ष थपियो। देशको संविधानलाई समातेर ६ महिना बढाइयो।
आज आएर त्यस भित्र पनि महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोगसंग भिख माग्ने निरीह अवस्थामा पुर्‍याइएको छ।’, पौडेलले भनेका छन्।

उनले वर्तमान नेतृत्वको चरम असफलता र लापरबाहीका कारण कांग्रेस महाधिवेशनमा संकट आइपरेको संकेत गरे। उनले सर्वत्र असफल व्यक्तिहरु बारम्बार सत्ता सम्हाल्न पुग्नु देशकै बिडम्बना भएको उल्लेख गरेका छन्। ‘यहाँ भन्दा वर्तमान नेतृत्वको चरम असफलता र लापरबाही अरु के हुन्छ?

यो देशकै बिडम्बना हो। सर्वत्र असफल व्यक्तिहरु बारम्बार सत्ता समाल्न पुग्छन्।’, पौडेलले भनेका छन्।