काङ्ग्रेसमा पनि तनाव: देउवा-पौडेलबीच द्वन्द्व चर्किंदै - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

काङ्ग्रेसमा पनि तनाव: देउवा-पौडेलबीच द्वन्द्व चर्किंदै



काठमाडौं- नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले विभिन्न विभागको जिम्मेवारी दिएपछि पार्टीमा द्वन्द्वको स्थिति बनेको छ।

लामो समय देखि नै पार्टीभित्र एकलौटी निर्णय गरेको आरोप लागेका देउवाले शनिबार १३ विभागको जिम्मेवारी नेताहरूलाई दिएका छन् ।

काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवाले विभाग गठन गरेको विषयमा आपत्ति जनाएको छ भने देउवाको यो निर्णय नमान्ने जनाएको छ ।

पर्साको वीरगञ्जमा दुई नम्बर प्रदेश स्तरिय कार्यकर्ता भेलामा पौडेल पक्षले महाधिवेशनको कार्यतालिका सार्वजनिक भएको अवस्थामा विभाग गठन गरेको भन्दै विरोध प्रस्ताव पास गरेको छ ।

यसअघि पनि देउवा र पौडेल समूहबीच पार्टीमा निकै गहिरो मतभेद थियो भने बिभागको जिम्मेवारीले थप समस्या ल्याउने आंकलन कार्यकर्ताले गरेका छन ।