देउवाको पेटमा समस्या - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

देउवाको पेटमा समस्या



काठमाडौं -पेटमा समस्या देखिएपछि कांग्रेस सभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गरेका छन्। चिकित्सकको सल्लाहअनुसार देउवा आफ्नो नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार राति त्यसतर्फ प्रस्थान गरेको कांग्रेस केन्द्रीय कार्यालयले जानकारी दिएको छ।

पेटसम्बन्धी समस्या झेल्दै आइरहेका देउवाले सिंगापुरको माउण्ट एलिजावेथ अस्पतालमा आफ्नो स्वास्थ्य जाँच गराउँदै आएका छन्। पत्नी आरजू राणालाई साथमा लिएर गएका देउवा जेठ १३ मा स्वदेश फर्कने कार्यक्रम छ।