निर्वाचनको मितिबारे देउवाले गरे ज्योतिषसँग परामर्श, ज्योतिषले दिए यस्तो सुझाव - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

निर्वाचनको मितिबारे देउवाले गरे ज्योतिषसँग परामर्श, ज्योतिषले दिए यस्तो सुझाव



काठमाडौं- संघीय र प्रदेशसभाको निर्वाचनको मिति तोक्न सरकारलाई दबाब परिरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले उनका ज्योतिषी सुरेशचन्द्र रिजालसँग परामर्श गरेका छन् ।

सबैजसो निर्णय लिँदा आफ्ना ज्योतिषसँग परामर्श गर्ने प्रधानमन्त्री देउवाले संघीय तथा प्रदेशसभा निर्वाचनका लागि मिति कहिले उत्तम होला भनि परामर्श गरेको खुलेको छ । ज्योतिष रिजालले मंसिरको पहिलो साता नै उत्तम हुने सल्लाह दिएको बुझिएको छ ।

त्यतिमात्र होइन ज्योतिष रिजालले प्रधानमन्त्री देउवालाई सबैभन्दा उत्ताम समय मङ्सिर ४ को हुने सुझाव दिएका छन् । देउवाले आयोगसंगको छलफलमा पनि सोहि मितिमा तयारी गर्न लगाएको बुझिएको छ ।

ज्योतिष रिजालले मंसिर १० पछि शुक्लपक्षको समय भएकाले त्यो समयमा निर्वाचन गर्दा समस्या हुने बताएका छन् । मंसिरको पहिलो साता चुनाव गर्दा देउवा र कांग्रेसको लागि उत्तम हुने उनले बताएका छन् ।

ज्योतिष रिजालले मंसिर ४ एकादशी र दुई पुष्कर योगको दिन परेकाले सर्वाधिक राम्रो समय यहि रहेको सल्लाह दिएको बताइएको छ ।

संयुक्त सरकारका दलहरुलाई बढी लाभ मिल्ने भएकाले पुष्कर योग भएको दिनमा गरिएको कार्य उत्तम हुने रिजालको भनाई छ ।

यसअघि निर्वाचन आयोगको टोलीले प्रधानमन्त्री देउवालाई मंसिर २ गते निर्वाचन गर्न परामर्श दिएको थियो । तर देउवासंगको परामर्शपछि निर्वाचन आयोगका आयुक्तले मङ्सिर ४ मा चुनावको मिति तय हुने सहमति भैसकेको संकेत गरेका छन् ।

त्यतिमात्र होइन नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण मतले पनि मङ्सिर ४ मै निर्वाचनको मिति तय हुने बताएका थिए ।प्रधानमन्त्री निकट स्रोतका अनुसार उनले प्रधानमन्त्रीको ज्योतिषीको सुझाव अनुसार नै मंसिर ४ गते निर्वाचनको प्रस्ताव गरेका हुन् ।