प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाँदै - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाँदै



काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाकाे भारत भ्रमणका लागि तयारी सुरू भएकाे छ।

भारतकाे गुजरातस्थित गान्धीनगरमा पुस २६ देखि २८ गतेसम्म हुने ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ मा भाग लिन प्रधानमन्त्री देउवा भारत भ्रमणमा जान लागेका हुन्। गुजरात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृह राज्यपनि हो।

प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसारभारत जाने तयारी भएपनि अहिले निश्चित भइसकेको छैन। ‘उहाँ जाने गृहकार्य गर्दै हुनुहुन्छ तर निश्चित भइसकेको छैन। यो विषयमा भोलिसम्म निश्चित हुन्छ,’ परियारले भने ।

देउवा पाँचौ पटक प्रधानमन्त्री भएपछि भारत भ्रमणमा गएका छैनन्। यसअघि स्कटल्यान्डको ग्लास्गोमा भएको कोप–२६ मा नेपालको उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएका थिए।