देउवा इतर पक्षबाट सभापतिको साझा उम्मेदवार नहुने पक्का - Himal Post Himal Post
  • ७ असार २०८३, आईतवार
  •      Sun Jun 21 2026
Logo

देउवा इतर पक्षबाट सभापतिको साझा उम्मेदवार नहुने पक्का



काठमाडौं। भोलि (२४ मंसीर)बाट शुरु हुने नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा देउवाइतरको साझा उम्मेदवार छनोटको सम्भावना न्यून हुँदै गएको छ।

साझा उम्मेदवारका लागि इतर समूहको पटक पटक बैठक बसे पनि सहमति हुन नसकेपछि नेताहरू अनौपचारिक संवादमा जुट्न थालेका छन्।

नेता प्रकाशमान सिंहले सभापतिको उम्मेदवारी नछाड्ने अडान लिएपछि साझा उम्मेदवारको सम्भावना कम हुँदै गएको हो। आज बिहान इतर पक्षका केन्द्रीय सदस्यहरूको बैठकपछि अर्जुननरसिह केसी, बलबहादुर केसी र महेश आर्चायले प्रकाशमान सिंह र शेखर कोइरालासँग भेटका थिए।

यो पक्षका केन्द्रीय सदस्यहरूले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापतिको साझा उम्मेदवार बनाउने गरी नेता सिंह र शेखरसँग भेट गरेका थिए। भेटमा सिंह नै साझा उम्मेदवारका लागि सहमतिमा नआएको भन्दै शेखरले उनलाई मनाउन भनेका थिए।

यसरी बिहिबार बुधबार साँझसम्म साझा सभापतिको उमेदवारी घोषणा गर्ने इतर पक्षमा साझा उम्मेदवार बन्ने सम्भावना न्यून बनेर गएको छ। साझा उम्मेदवार छनोटकै लागि महामन्त्री कोइराला निवासमा छलफल जारी रहेको उनले बताए।

इतर पक्षबाट सभापतिका लाग वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री सशांक कोइराला, नेताहरू प्रकाशमान सिंह र शेखर कोइरालाले दाबी गरिरहेका छन्। महामन्त्री शेखरले गत सोमबार नै पौडेललाई साझा उम्मेदवारको प्रस्ताव गरे पनि यसमा अरु नेताहरू सहमत भएनन्।