अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न देउवामाथि दबाब - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न देउवामाथि दबाब



नेपाली कांग्रेका उपसभापति धनराज गुरुङले अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्नुपर्ने माग गरेका छन्।

बजेट निर्माणका क्रममा विवादमा तानिएका अर्थमन्त्री शर्मामाथि छानबिन गर्न समिति गठन गर्नुपर्ने गुरुङको माग छन्। उनले बुधबार सामाजिक सञ्जालमा विवाद समाधानका लागि छानबिन सिमिति गठन‚ छानबिन समितिलाई सहयोगका लागि राजीनामा र बर्खास्तसम्मका उपाय रहेको उल्लेख गरेका छन्।

उपसभापति गुरुङले सार्वजनिक पद धारण गरेका व्यक्त विवादमा तानिएपछि सीसीटीभी फुटेज सार्वजनिक गर्नुपर्ने बताएका छन्। “गैरसंवैधानिक कार्य गर्नेहरूका लागि सीसी क्यामरा मार्फत निगरानी गरिन्छ‚” उनले लेखेका छन्‚ “सार्वजनिक पद धारण गर्ने व्यक्ति विवादमा तानिएपछि सीसी फुटेज सार्वजनिक गर्नुपर्छ। जनताले हेर्न पाउनुपर्छ।”

अर्थमन्त्रीमाथि बजेट निर्माणका वेला अनधिकृत व्यक्ति प्रवेश गराइ करका दर हेरफेर गरेको आरोप लागेको छ। त्यसैले बजेट निर्माणका वेलाको सीसीटीभी फुटेज हेर्न पाउनुपर्ने माग उठ्दै आएको छ। तर‚ अर्थ मन्त्रालयले त्यस वेलाको फुटेज मेटिएको जिकिर गरेको छ।