डडेलधुरामै देउवालाई कार्यकर्ताको चेतावनी ! - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

डडेलधुरामै देउवालाई कार्यकर्ताको चेतावनी !



काठमाडौं।
कांग्रेस जिल्ला सम्मेलनको उद्घाटन गर्न डडेलधुरा पुगेका पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई कांग्रेस कार्यकर्ताहरुले स्वेच्छाचारी नबन्न चेतावनी दिएका छन् ।

गत निर्वाचनपछि पहिलो पटक गृहजिल्ला आइपुगेका देउवा प्रमुख अतिथि रहेको कार्यक्रममा नै कार्यकर्ताहरुले विधि प्रक्रिया र पद्धति मिचेर काम नगर्न चेतावनी दिएका हुन्। जिल्ला सम्मेलन उद्घाटन मन्तव्य दिइरहँदा कार्यकर्ताहरुले सभास्थलमा होहल्ला समेत गरेका थिए। दुइ गुटमा विभाजित रहेको डडेल्धुरा कांग्रेसको संस्थापन पक्षका कार्यकर्ताले देउवालाई यसरी चेतावनी दिँदै सभास्थलमा होहल्ला गरेका हुन्।

कार्यकर्ताको विरोधका बीच सम्बोधनलाई अघि बढाएका देउवाले कांग्रेसलाई पुरानै स्थितिमा फर्काएर मात्र आफूले विश्राम लिने बताए। उनले कांग्रेसलाई देशको एक नम्बर पार्टी बनाएर मात्र विश्राम लिने दाबी समेत गरेका थिए।
कान्तिपुर दैनिकबाट